२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

युवा लक्षित क्षमता अभिबृद्धिका कार्यक्रम नहुँदा विदेशिनेको संख्या बढ्यो

काठमाडौं । नेपाल सरकारको पूर्वसचिव खेमराज नेपालले मुलुकभित्रै बस्ने वातावरण नहुँदा लाखौं युवाहरु बाहिरिनु परेको बताएका छन् ।

मंगलबार काठमाडौंमा क्षमता अभिवृद्धि सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले क्षमता विकासको विषय एकदमै पेचिलो भएको भन्दै क्षमता विकासको काम नहुँदा हजार व्यक्तिहरु विदेश गइरहेको बताए ।

उनले भने, ‘विगत २० वर्ष देखिको तथ्यांक हेर्ने हो भने केही न केही हजार व्यक्तिहरु विदेश जाने गरेको देखिन्छ । मुलुकभित्रै बस्नको लागि उनीहरुलाई केही सिकाएको भए वास्तवमा उहाँहरुले मुलुक बनाउने काम पनि गर्नु हुन्थ्योहोला । त्यसकारण क्षमता विकासको जुन विषय छ यो एकदमै पेचिलो छ ।’

यसको साथै उनले सरकारी अभिलेखहरु सामान्य नेपालीहरुले नबुझ्ने खालको हुने भन्दै सामान्य भाषामा हुने हो भने सबैको फइदा लिन सक्ने बताए ।

उनले भने, ‘सरकारले मानव विकासमा धेरै खर्च नगरेको कारण दुःख पाएर जाने र कम पैसा मुलुकमा ल्याउनुपर्ने अवस्था छ । सरकारले नीति त बनाएको छ तर यसरी बनाएको छ कि तपाइँ हामीले बोल्ने भाषामा बनाएको छैन् । जुन भाषामा बनाएको छ त्यो भाषा तलको मान्छे बुझ्ने खालको छैन् । सरकारी अभिलेखहरु सामान्य नेपालीहरुले नबुझ्ने खालको हुन्छ । सबैले बुझ्न सक्ने भएको भएर सबैको फाइदा लिन सक्ने अवस्था हुन्थ्यो होला ।’

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि