१९ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

रामेछाप । रामेछापका सात हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइने भएको छ ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत रामेछापका कक्षा ६ देखि १० मा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरी समेत गरी ७ हजार ६३ जना छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिए ।
छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ह्युमनपापिलोमा भाइरस विरुद्धको खोप लगाइने उनले बताए ।
खोप कार्यक्रम दोस्रो चरणमा सञ्चालन हुने भएको छ । पहिलो चरण अन्तर्गत माघ २२ देखि २४ गतेसम्म मन्थली नगरपालिका,उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका र सुनापती गाउँपालिकामा खोप अभियान सञ्चालन हुने भएको छ ।
दोस्रो चरणको खोप माघ २८ देखी ३० गतेसम्म सञ्चालन हुने छ ।दोस्रो चरणमा रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।
सुरुमा विद्यालयमै खोप केन्द्र सञ्चालन गरी किशोरीहरूलाई खोप लगाइने र अभियानको अन्तिम दिन नजिकको स्वास्थ्य संस्थाबाट खोप उपलब्ध कार्यालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि