२२ बैशाख २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

‘स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुरुप काम गर्न सकेन’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा राहत दिएपनि आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन् ।
शुक्रबार, स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि गठित सुधार समितिको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहतदिएको तर यो आशिंक मात्र भएको बताएका हुन् ।
उनले भने,‘नेपालको स्वास्थ्य बिमाको बारेमा धेरै खाले बिषयहरु हामीले देखीरहेका छौ । विध्यमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत केही सुविधाहरु उपलब्ध गराएको छ । तर यो आशिंक मात्र छ आवश्यकता अनुसारको छैन । व्यवस्थित छैन लक्षित समुहले पूर्णरुपमा लाभ लिने गरि यो अघि बढ्न सकेको छैन ।’
मन्त्री पौडेलले बिमालाई व्यवस्थित बनाउन नीती, योजना जरुरी भएकोले यस बारेमा अध्ययन गरिरहेको बताए ।
उनले भने,‘यिनै कुरालाई महसुुुस गरेर हामीले आम नागरिकलाई स्वस्थ्य क्षेत्रमा सेवा सुविधा उपलब्ध हुनेगरी नागरिकको खल्तिबाट जुन खर्च भएको छ त्यो खर्च नहुने स्थिती निर्माण गर्नको लागि स्वास्थ्य क्षेत्रमा सबैको पहुँच युनिर्भसल कभरेजको नीतीका अनुसार यसलाई व्यवस्थित गर्नको लागी हामीले काम अघि बढाउन खोजिरहेका थियौ त्यस सन्र्दभमा कस्ता नीतीहरु अवलम्वन गर्न जरुरी छ कस्तो योजना बनाउन जरुरी छ भन्ने बारेमा अध्ययन गरेर अब बिमालाई व्यवस्थित बनाउन पर्छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि