२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

धोती दिवसलाई नेपाली संस्कृतिको रुपमा ग्रहण गर्नुपर्छ

काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरुले माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् ।

माइतीघर मण्डलामा भेला भएका अध्यक्ष राउतले आजको दिन एकल जातजातीले  मात्र मनाउने भेषभुषा नभएको बताएका छन् । उनले आज सबैले आ –आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने दिवस भएको बताएका हुन् ।

उनले  भने, ‘यो एउटा रिमाइण्डर के हो भन्दा खेरी आज चाँही कुनै एउटा एकल जातजातीले मात्र मनाउने भेषभुषा दिवस होइन । सबैले आ –आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने त्यो दिवस हो । सबैलाई सम्मानको रुपमा भन्नकै लागि कसैले टोपि त कसैले धोती लगाएका छन् ।’

साथै, उनले मौलिक संस्कृतिमा गर्व गर्ने हिसावले यो दिवस मनाएको भन्दै सबै नेपालीले संस्कृतिको रुपमा धोती दिवसलाई ग्रहण गर्न समेत आग्रह गरे ।

कार्यक्रममा सबैजना मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी भएका थिए ।

उनीहरुले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि