२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

आज मौन स्नान गरी सोमबारे औँशी मनाइँदै

काठमाडौं । आज सोमबारे औँशी । बिहाने देखि मौन स्नान गरी सोमबारे औँशी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता रहेको छ ।
पौष कृष्ण औँशीका दिन आज परे जस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको छ ।
यसरी मौन स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विश्वास छ ।
औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने परम्परा छ ।
माता, पिता नहुनेले औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउने पनि गर्दछन् । त्यस्तै बिशानै देखि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि