काठमाडौं । गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्न ेबताएका छन् ।
सोमबार गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा शुभकामना सन्देश मार्फत स्वदेश तथाविदेशमा रहनु भएका सम्पूर्ण नेपालीदिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
सन्देशमा लेखिएको छ,‘बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधता युक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।’
यस्तै उनले नेपालका हिमाली र उच्चपहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँवर्ष सुरूभएको अवसरको रूपमाहर्षोल्लासका साथमनाउने चलनरहेको पनिबताए ।
नेपालको साँस्कृतिक परम्पराको संरक्षणतथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धन मार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ रहेको उनको भनाई छ ।
तमु ल्होसार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने छ : राष्ट्रपति पौडेल







