काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु ल्होसार पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजवुत बनाएको बताएका छन् ।
सोमबार तमु (गुरुङ) जातिकोे महानपर्व “तमु ल्होसार” को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले यस पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धिगर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई उर्जा प्रदान गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरे ।
सन्देशमा लेखिएको छ,‘तमु जातिको नयाँवर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजवुत बनाएको छ । यो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धिगर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई उर्जा प्रदान गर्न सकोस् भन्दै पुनःशुभकामना व्यक्त गर्दछु ।’
तमु ल्होसार पर्वले समाजमा आपसी सद्भावको भावनालाई मजवुत बनाएको छ : सभापति देउवाले







