२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्न लागेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

पार्टीले विभागहरुलाई यथाशीघ्र बैठक बसी कार्ययोजना र समय तालिका निर्माण गरी सम्बन्धित भ्रातृसंगठनलाई क्रियाशिल बनाउने र आवश्यक कार्य गरी विभिन्न तहको अधिवेशन सम्पन्न गरी तोकिएको समय सीमाभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्न परिपत्र गरेबमोजम गठित विभागहरुको बैठक चलिरहेको बस्नेतले बताएका छन् ।

जसपा नेपालले पुस ८ गतेदेखि पुस २४ गतेसम्म गठन भएका विभागहरुको बैठक पालैपालो बस्ने गरी बोलाएको छ । गठन भएपछिको अधिकांश विभागको पहिलो पटकको बैठक भएको हुनाले बैठकबाट सम्बन्धित विभागले आवश्यक पदाधिकारी चयन गर्ने गरेको उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि