६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं ।  पानी पार्ने प्रणाली पश्चिमबाट विस्तारै पूर्वतिर सर्दैछ । पश्चिमी न्यून चापीय प्रणालीको कारण आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बेलुकासम्म काठमाडौंसहित देशका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हिउँदे वर्षा शुरू भएको छ । सुदूर र कर्णालीका केही ठाउँमा रातिदेखि हल्का वर्षा भएको हो ।

अहिले पनि पश्चिमका केही स्थानमा हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णालीसहित लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मौसम विज्ञान विभागले यसअघि नै विशेष मौसमी बुलेटिन सार्वजनिक गर्दै शुक्रबारदेखि पानी पार्ने प्रणाली पश्चिमबाट सक्रिय हुने जानकारी दिएको थियो । विभागका अनुसार भोलिदेखि मौसममा सुधार हुनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि