१६ मंसिर २०८२, मंगलवार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

अटो दुर्घटना हुँदा एकको मृत्यु : दुई जना घाइते

१० पुस, घोराही (दाङ) । दाङमा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

आज दिउँसो १:५० बजेको समयमा गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलाबास सडकखण्डमा भैसहवादेखि कोइलाबासतर्फ जाँदै गरेको रा१ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो ३:३० बजे उपचारका क्रममा उसको मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते भएका सोही ठाउँका अन्दाजी ४० वर्षीया वसन्ती विकको लमही अस्पतालमा र राजपुर–४ का अन्दाजी वर्ष ३६ का प्रेमचन्द्र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

अटो चालक राजपुर गाउँपालिका–तीन भैसहवा निवासी वर्ष ४० का मदन विक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि