६ पुष २०८२, आईतवार
अर्थ मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

धनगढी–दिपायल सडकमा पुल निर्माणमा बजेट अभाव

९ पुस, गोदावरी (कैलाली) । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा निर्माणाधीन आठ पुलको काम प्रभावित भएको छ । धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको हो ।

उक्त सडक आयोजना कार्यालयले तीन वर्षअघि २०७८ माघमा छवटा र २०७९ जेठमा दुई गरी आठ पुल निर्माणका लागि रु २८ करोड ७५ लाखमा ठेक्का लगाएको थियो । पर्याप्त बजेट विनियोजन नहुँदा पुल निर्माणको कामले गति लिन नसकेको इन्जिनियर रैखोलाले जानकारी दिए ।

आयोजना कार्यालयले दिएको जानकारीअनुसार चप्टे नदीमा पुल निर्माण गर्न रु दुई करोड ९७ लाख, मटेलीमा रु तीन करोड २६ लाख र चौकीगडा पुलका लागि रु चार करोड ७० लाखमा तथा सलेनामा सालाकोट पुल निर्माण गर्न रु तीन करोड ५१ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

यसैगरी, कालाखोल–लामगाडा पुल रु चार करोड पाँच लाख, नकुराडी खोलाको पुल रु तीन करोड ८२ लाख, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमशः रु पाँच करोड १९ लाख तथा चार करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको इन्जिनियर रैखोलाले बताए ।

आठवटै पुलका निर्माणका लागि गत आर्थिक वर्ष २०८०/८१ मा रु ४०/४० लाखका दरले बजेट विनियोजन गरिएको थियो भने चालु आर्थिक वर्ष २०८१/८२ मा रु ८०/८० लाखका दरले प्रतिपुल निर्माण गर्न बजेट विनियोजन गरिएको उसले जानकारी दिए । धनगढीदेखि बझाङको थलारासम्मको एक सय ८६ किलोमिटर सडकमा २३ किलोमिटर सडक कालोपत्र भएको छ भने ३६ किलोमिटर सडक कालोपत्र गर्न तीन खण्डमा ठेक्का लगाइएको सडक आयोजना कार्यालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि