११ पुष २०८२, शुक्रबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सेयर बजार १४ अंकले उक्लियो, कारोबार रकममा वृद्धि

९ पुस, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढ्दै २६२६.३१ बिन्दुमा उक्लिएको छ । बजारमा कारोबार रकममा पनि थोरै वृद्धि भएको छ ।

कुल ३१२ कम्पनीका १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भई ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार, ४ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार कारोबार भएकामध्ये १६७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ७१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ६ कम्पनीको मूल्य स्थिर रह्यो । आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, र सामुदायिक लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका हिसाबले जानकी फाइनान्स शीर्ष स्थानमा रहँदै २० करोड ७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

उपसमूहतर्फ मंगलबार उत्पादन र व्यापार उपसमूहको सूचकमा मात्र गिरावट आयो। बाँकी सबै उपसमूहका सूचकहरू बढेका छन् । विशेषगरी, विकास बैंक र फाइनान्स उपसमूहको सूचक करिब २ प्रतिशतले बढ्न सफल भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि