१९ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज

गैरकानुनी रूपमा चुनाव गर्न लागेको भन्दै ओलम्पिक कमिटीमा पुग्यो प्रहरी

८ पुस, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको कार्यालय सातदोबाटो, ललितपुरमा प्रहरी परिचालन गरिएको छ ।

ओलम्पिक कमिटीमा गैरकानुनी रूपमा चुनाव हुन लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो ।

खेलकुद मन्त्रालयले गृहमन्त्रालयलाई पत्र पठाउँदै गैरकानुनी रूपमा हुन लागेको चुनाव रोक्न र सुरक्षा प्रदान गर्न भन्दै पत्र पठाएको थियो । गृहमा पुगेको उक्त पत्रपछि प्रहरी परिचालन गरिएको हो ।

गृहको निर्देशनपछि जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी टोली परिचालन गरेको छ । अहिलेसम्म अवस्था सामान्य रहेको ललितपुरका एसएसपी शेखर खनालले बताए ।

१३ पुसमा गर्न लागिएको ओलिम्पक कमिटीको चुनावका लागि आज मनोनयन दर्ता गर्न भनिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि