५ फाल्गुन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

जर्मनीको क्रिसमस मार्केटमा कारले ठक्कर दिंदा पाँचको मृत्यु, दुईसय जना घाइते

७ पुस, । जर्मनीको क्रिसमस मार्केटमा तीव्र गतिको कारले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ । दुई सय जना घाइते भएका छन्।

जर्मनीको म्याग्डेबर्ग क्षेत्रमा रहेका पसलहरूबीचको साँघुरो गल्लीमा कार तीव्र गतिमा गुडिरहेको र धेरै जनालाई ठक्कर दिएको सीसीटीभीप्लसले जनाएको छ ।

शनिबार राति उक्त स्थानमा मृतकको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।

घट्नाका विषयमा स्थानीयले नियोजित भनेका छन् । आक्रमण जानाजानी भएको हुनसक्ने आशंका गरिएको छ । केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

घट्नापछि जर्मनीभर क्रिसमस बजारहरूमा सुरक्षा बढाइएको छ । म्याग्डेबर्ग शहरका अधिकारीहरूले ‘म्याग्डेबर्गमा क्रिसमस सकियो’ भनेका छन् ।

घटना १६ डिसेम्बर २०१९ मा भएको दुखद आक्रमणको प्रतिध्वनिका रुपमा लिइएको छ । त्यसबेला एक आतंकवादीले बर्लिनको क्रिसमस बजारमा ट्रकले हानेको थियो, जसमा १२ जनाको मृत्यु भएको र ७० भन्दा बढी घाइते भएका थिए । अपराधी भागेर इटाली पुगेका थिए, जहाँ उनलाई प्रहरीले गोली हानेर मारेको थियो।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि