Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रवि लामिछाने विरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

रातो कागज
5 महिना अघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।
आइतकार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सभापति रवि विरुद्ध मुद्दा दायर गर्न लागेको हो ।
रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्तिशुद्धीकरण गरी ३ वटाअभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ । हालथुनामा रहेकागोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया