८ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार

गोरखामा भेटिएको क्वार्ज क्रिष्टललाई गोरखा दरबारमा राखिने

३० साउन, काठमाडौं । गोरखामा भेटिएको टल्कने ढुंगा (क्वार्ज क्रिष्टल) लाई गोरखा दरबारमा राखिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ढुंगा गोरखा दरबारमा राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

१४ असारमा प्रहरीले गोरखा नगरपालिका सतिपीपलस्थित राममाया शाहीको घरबाट एउटा टल्किने ढुंगा बरामद गरेको थियो । शाही परिवारले पुस्तौंदेखि पूजा गर्दै आएको सो ढुंगा बिक्री गर्न लागेको जानकारी पाएपछि प्रहरीले कार्यालयमा ल्याई राखेको थियो ।

खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन गर्दा सो ढुंगा बहुमूल्य पत्थर क्वार्ज क्रिष्टल भएको खुलेको थियो । त्यसपछि उक्त ढुंगा गोरखामा नै राख्ने कि भूगर्भ विभागलाई पठाउने भन्ने विवाद भएको थियो । गोरखा नगरपालिका र स्थानीय बासिन्दाले उक्त ढुंगा गोरखामा नै राख्नुपर्ने धारणा राख्दै आएका थिए ।

ती मन्त्रीका अनुसार यो ढुंगालाई ऐतिहासिक तथा पुरातात्विक सम्पदाका रुपमा गोरखा दरबारमा राख्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको