२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

खाडी गएका सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने भाष्य गलत : मन्त्री भण्डारी

काठमाडौं । श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिहं भण्डारीलेघरेलु कामदार रुपमा खाडी गएका सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने गलत भाष्य निर्माण भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित श्रमिकहरुको सुनुवाइ कार्यक्रममा बोल्दै उनले घरेलु कामदारका रुपमा काम गर्ने धेरैको राम्रो अवस्था रहेको भएतापनि खाडीमा सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने गलत भाष्य निर्माण हुनु उचित नरहेको बताए ।
उनले भने,‘घरेलु कामदारको विषयमा जुन भाष्य परिभाषित गरिएको छ । जे कुरामा पनि सकारात्मक र नकारात्मक दुबै कुरा हुन्छन् । तर नकारात्मक कुरालाईमात्र किन अगाडि ल्याउने ?१०–२५ वर्ष नै घरेलु कामदारका रुपमा रहेकाहरुको अवस्था राम्रो पनि छ नि । धेरै सङ्ख्यामा राम्रो नै भएको देखेको छु । नेपालमा चाँही सबै दिदी बहिनीहरुको अवस्था राम्रो छ त ?काठमाडौंमा पनि केही ठाउँको केही घट्नालाई हेरे खाडीमा सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने खालको भाष्य कत्तिको उचित हुन्छ ?फर्केर आएका महिलालाई पनि यसले बदमासी ग¥यो होला भन्ने खालको भाष्य अनि कसरीसमाज बन्छ ।’
उनले वैदेशिक रोजगारमा जाने नेपालीहरुले सिप र ज्ञान सिकेर नजाँदा धेरै दुख पाइरहेको अवस्था रहेको पनि बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि