Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणमा भएको विकृति हटाउँछौं : सचिव निरौला

रातो कागज
5 महिना अघि

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ माथि छलफल गरिएको छ ।

बुधबार मन्त्रालयमा वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणको कार्यसँग सम्बन्धित भई गठित कार्यदलले मन्त्रालयलाई बुझाएको वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ माथि छलफल गरेको हो ।

छलफलमा श्रम मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणमा भएको विकृति विसङ्गतीहरु हटाउने उद्देश्यले प्रतिवेदनमाथि छलफल गरी काम अगाडि बढाउन लागेको जानकारी दिए ।

उनले भने,‘जाँच नगरी सर्टिफिकेट सिधैं हातमा लिने रगत पनि झिक्न नपर्ने यस्तो खालको विकृति विसङ्गतीहरु छन् । जसलाई कसरी हटाउन सकिन्छ भनेर कार्यदल गरिएको हो । कार्यदलले महत्वपूर्ण समय दिएर अध्यन गरेर विस्तृत रुपमा प्रतिवेदन मन्त्रालयमा बुझाएको छ । यसैमा सम्बन्धित रहेर हामी काम अगाडि बढाउँदैछौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया