२४ फाल्गुन २०८२, आईतवार
अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

काठमाडौं । सोमबारका लागि तोकिएको अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयकमा छलफल गर्न बोलाइएको बैठक गणपुरक संख्या नपुगेर स्थगित भएको हो ।

समिति सभापति सन्तोष चालिसेका अनुसार सांसदहरूको उपस्थित नहुँदा विधेयकमा छलफल चलाउन नसकिएको हो ।

‘कोरम पुर्याउनका लागि १२ जनाको उपस्थित हुनुपर्ने थियो तर हामी १० जना मात्रै भयांै । २ जना पुगेन । त्यसैले बैठक स्थगित गरिएको हो ।’ सभापति चालिसेले भने, ‘सांसद ज्यूहरु, सचिवज्यूहरु आउनु भएको थियो  । अर्थमन्त्री विष्णु पौडेल पनि ११ बजेको बैठकका लागि आउनु भएको थियो । तर, ११ बजे बैठक नहुने भएपछि मैले उहाँलाई बिदा दिए ।’

 

 

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि