२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

क्याप्टेन लामा र अभिनेत्री मल्लले गरे मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन

काठमाडौं । मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन भएको छ ।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र बरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन् ।

सोही क्रममा अभिनेत्री गौरी मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताईन् ।

यस्तै, उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने भन्दै यसको परिणाम आउन ढिला भएपनि राम्रो हुने बताईन् ।

उनले भनिन्, ‘परापूर्व कालमा बन्ने त्यो दबाईहरुबाट हाम्रो घरेलु उपचार गर्दै आउनु भएको थियो भन्ने एउटा प्रसंग आएको छ । यो प्राय हाम्रो उमेर समूहको मान्छेहरु सबैले गर्नु भएको छ जस्तो लाग्छ । हामीले त्यो प्रकारको औषधी खाएका पनि छौ र जानेर नजानेर त्यो उपचार पनि गरेका पनि छांै । हामीलाई अहिले खाएर अहिले परिणाम आउने औषधी चाहिन्छ तर आयुर्वेदिक औषधीहरुले केही समय लिन्छ । यस्तो औषधीको लागि धैर्य राख्नुपर्छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि