२७ आश्विन २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज

काठमाडौं उपत्यकाको तापक्रम बढ्यो

२१ मङ्सिर, काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहीबारको तुलनमा शुक्रबार ३ डिग्री सेल्सियसभन्दा बढीले बढेको छ । उपत्यकाको न्यूनतम तापक्रम क्रमश बढ्दै गएको हो ।

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बिहीबार ५.७ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकैदिनमा बढेर शुक्रबार ८.९ डिग्री सेल्सियसमा उक्लिएको हो ।

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ ।

मौसमविदहरुका अनुसार राति आकाशमा बादल लागेको दिन न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा न्यूनतम तापक्रम घट्छ ।

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८ः४५ तथा अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि