१० पुष २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार समाज

६ सय रुपैयाँले घट्यो सुनको मूल्य

२१ मङ्सिर, काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज बढेको छ । यसअघि प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८९० रुपैयाँ मूल्य कायम भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि