काठमाडौं । भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउने भएका छन् ।
भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक शुक्रबार बिहान ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट उनी काठमाडौं आउने भएका हुन् ।
१९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आउन लागेका भुटानी राजा वाङचुक काठमाडौं आएपछि उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन् ।
भ्रमण दलमा राजा सहित ऊर्जा मन्त्री, विदेश सचिव, नेपालकालागि भुटानी राजदूत, सुरक्षा अधिकारी लगायत सदस्य रहेका छन् ।
भुटानका राजा नेपाल आउने भएसँगै गृह मन्त्रालयले उनकालागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ । उनको दर्शनकालागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षाव्यवस्थामा कडाइ गरेको छ ।







