१२ पुष २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

चार महिनाभित्र लेखापरीक्षण गरिसक्न राष्ट्रिय जीवन बिमा कम्पनीलाई निर्देशन

१९ मङ्सिर, काठमाडौँ । पछिल्लो नौ वर्षयता लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडलाई अबको चार महिनाभित्र लेखापरीक्षण गरिसक्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।

राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडका पदाधिकारीसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखापरीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए । उसले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरुलाई निर्देशन दिए ।

राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१/७२ देखि अन्तिम लेखापरीक्षण सम्पन्न हुनसकेको छैन । अन्तिम लेखापरीक्षण सम्पन्न भएपछि मात्र कम्पनीको साधारणसभा गर्न पनि अर्थ मन्त्रालयले निर्देशन दिएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बिमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बिमा कम्पनीका पदाधिकारीहरुको उपस्थिति थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि