Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

यस्तो छ, आजको मौसम

रातो कागज
5 महिना अघि

काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसका कारण हाल कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहेको छ । तराईका केही स्थानमा भने हल्का हुस्सु लागेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

यस्तै, आज राति पनि कोशी, गण्डकी र लुम्बिनि प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया