१७ मंसिर, विराटनगर । माेरङकाे ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन् ।
पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार नमाेनारायण माझीले ६,२८० मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार बलराम सरदार थारुले ४ हजार ७९१मत पाएका छन् ।
यहाँ १८ हजार ५७७ मत रहेको यहाँ १४ हजार २९ मत खसेको छ ।







