२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

त्रियुगा नगरपालिका- १२ को अध्यक्षमा माओवादीका राई विजयी

काठमाडौँ — उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । त्रियुगा नगरपालिका १२ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नविनकुमार वान्तवा राई निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका उम्मेदवार राईले ९ सय २३ मत ल्याएर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीनारायण चौधरीले ६ सय ८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, कांग्रेसका उम्मेदवार संजीव काफ्लेले ३ सय ५९, एकीकृत समाजवादीका निर्मला चौधरीले ३ सय १२, रास्वपाका ध्रुवप्रसाद पोखरेलले २ सय २ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि