२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

नेपालमा कम्युनिष्ट व्यवस्था जरुरी छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका गीतकार तथा संगीतकार चिरन पुनले कम्युनिष्ट पार्टीको रुपमा पुँजीवादलाई अपनाउने प्रवृत्ती बढेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवाद किन र कसरी ? बिषयक विचार गोष्ठी कार्यक्रममा उनले पुँजीवादी पार्टी हुने तर कम्युनिष्ट आन्दोलनको कुरा गरेर नेपाली समाजमा भ्रम फैलाइरहेको भन्दै यो प्रवृत्तिले पूर्ण रुपमा हटाउन जरुरी भएको बताएका हुन् ।

उनले भने, ‘अहिलेको व्यवस्था कस्तो हो भन्दा दलाल संसदवादी भइराख्ने तर कम्युनिष्ट भन्ने, पुँजीवादी पार्टी हुने तर कम्युनिष्ट आन्दोलनको कुरा गर्ने यसरी जुन प्रकारका भ्रम नेपाली समाजमा भइरहेको छ यो दुखदायी छ । यो प्रवृत्तीले पूर्ण रुपमा हटाउन जरुरी छ ।’

यसको साथै, उनले कम्युनिष्टहरु अस्ताउँदो अवस्थामा पुगेको भन्ने खालको विवाद भइरहेको भन्दै कम्युनिष्ट व्यवस्था ल्याउन जरुरी भएको बताए ।

उनले भने, ‘कुनैपनि नयाँ विषयमा छलफलनै हुन नसक्ने एउटा परम्पराबाट हामी आएका छौ । कम्युनिष्टहरु अस्ताउँदो अवस्थामा छन्, कम्युनिष्टको शासन कहाँ छ त ? कम्युनिष्टको व्यवस्था कहाँ छ त भन्ने खालको विषयहरु विवादमा आइरहेको छ । त्यसले हाम्रो पुराना पुस्ताका मान्छेलाई असर गरिरहेको छ । यसकारण कम्युनिष्टले भनेको व्यवस्था ल्याउन जरुरी छ यसमा कसैको पनि दुईमत छैन् ।’

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि