१० पुष २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

चीनबाट ऋण लिंदै नलिने भनेको होइन् : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले चीनबाट ऋण नलिने भन्ने कुनै घोषणा नगरेको स्पष्ट पारेका छन् ।

शनिबार नेपाल–चीन सम्बन्धमा रुपान्तरणकारी संवादका क्रममा बोल्दै मन्त्री अधिकारीले चीनसँगको सम्बन्धमा यस्तो बताएका हुन ।

मन्त्री अधिकारीले भने, ‘नेपालको हितमा हुने कुनै पनि कार्यक्रमका लागि सम्झौतामा पुग्नु अघि त्यसको पूर्व तयारी हुनुपर्छ । आवश्यकताका आधारमा अनुदान लिने हो र आवश्यक परेको खण्डमा ऋण पनि लिने हो । त्यसैले, हामीले चीनबाट ऋण लिदै नलिने भनेको होइन । सकेसम्म अनुदान नै लिन खोज्ने हो ।’

उनले थपे, ‘कुनै कुरा बुझेर मात्र अघि बढ्नुपर्छ । यहाँ गलत अर्थ लगाएर बुझियो । चीनसँग ऋण लिने छैन, अनुदान मात्रै लिने छ र सम्बन्ध बिगार्ने भन्ने हो भन्ने कुरा आयो । त्यस्तो होइन । चीनसँगको सम्बन्धलाई हामी सधैं सकारात्मक र पारस्परिक लाभकारी बनाउने छौं ।’

मन्त्री अधिकारीले नेपाल र चीन बीचको आर्थिक सहकार्यलाई स्पष्ट पार्दै आगामी दिनमा दुई राष्ट्र बीचको साझेदारीलाई अझ प्रगाढ बनाउन आग्रह गरेका छन ।

 

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि