१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्दै

१२ मङ्सिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्ने भएको छ ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी पौष ११ र १२ गते काठमाडौंमा सम्मेलन आयोजन गर्न लागेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार साझेदारीको प्रवर्द्धन, ज्ञान आदानप्रदान र नेपालको स्वास्थ्य क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्नका लागि विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने उद्देश्यले सम्मलेनको आयोजना गर्न लागेको हो ।

विज्ञप्तीमा लेखिएको छ, ‘महत्वपूर्ण कार्यक्रमको उद्देश्य साझेदारीको प्रवर्द्धन, ज्ञान आदानप्रदान र नेपालको स्वास्थ्य क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्नका लागि विश्वव्यापी विशेषज्ञता उपयोग गर्नु हो । यस वर्षको विषयवस्तु ‘नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ रहेको छ ।’

सम्मेलनले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज गर्ने र प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीतिहरू निर्माण गर्न कोशे ढुङ्गा साबित हुने मन्त्रालयको विश्वास छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि