१२ पुष २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा

१२ मङ्सिर, चितवन । भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरुलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा.कृष्णप्रसाद पौडेलका अनुसार बाल रोग विभागमा भर्ना भएर उपचाररत बालबालिकालाई ‘बिरामी छु’ भन्ने कुरा बिर्साउन प्ले थेरापी शुरु गरिएको बताए ।

उसले भने “यसरी उपचार गर्दा बच्चाको रोग समेत छिटो निको हुन्छ ।” अस्पतालको उपचार र घरको जस्तो वातावरण सिर्जना गर्दा बालबालिकाले सहज महसुस गर्ने उसको भनाई छ । बाल सघन उपचार कक्ष र सिकिस्त रहेका बाहेक १० वर्षसम्मका बालबालिकालाई लक्षित गरेर यो सेवा शुरु गरिएको उसले बताए ।

विदेशमा समेत चिकित्सकले यस्ता कक्ष सम्हाल्ने गरेको जनाउँदै क्रमशः व्यवस्थित गर्दै लैजाने उसले जानकारी दिए । दैनिक ५० जना हाराहारी बालबालिकाले यो सेवा लिन सक्ने उसको भनाइ छ । अस्पतालको बाल रोग विभागमा ६६ श्या छन् ।

अस्पताल आफैले सामग्री खरिदगरी शुरु गरेसँगै विभिन्न दाताहरुले थप सामग्रीहरु सहयोग गर्ने वचन दिएको उसले बताए । अस्पतालमा एनआइसियू, पिआईसियु सेवा समेत छ । यो संघीय अस्पताल हो । यहाँ चितवन सहित छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि