१० पुष २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य ओरालोतर्फ

११ मङ्सिर, काठमाडौं । मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज(मंगलबार) सुनको मूल्य २ हजार ६ सय रुपैयाँले घटेको हो ।

सोमबार छापावाल सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ रहेको थियो भने आज घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ८ सय २० रुपैयाँ कायम भएको छ ।

सरकारले भन्सार घटाएर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको भाउ करिब १६ हजार रुपैयाँले घटेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि