१४ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्री यादवले भने : मन्त्रालयको नाम फेरिने प्रक्रियामा छ

काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले आफू आबद्ध मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउने भनेर प्रक्रिया अगाडि बढेको बताएका छन् ।

मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको आवसरमा आयोजित कार्यक्रममा उनले मन्त्रीको जिम्मेवारी पाएको हुनाले मन्त्रालयलाई बलियो बनाउने भन्दै खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउने बताएका हुन् ।

यसको साथै, मन्त्रालय वा खानेपानीलाई नीजि कम्पनीहरुको ग्याङले चलाउने गरेको पनि बताए । उनले भने, ‘यहाँ नीजि कम्पनीहरुको नै चल्ती छ । अरु कसैको छैन् । उनीहरुको ग्याङ छ, त्यसले पानी अन भने अन हुन्छ अफ भने अफ हुन्छ । अवस्था त्यस्तो छ । हामीलाई धेरै झन्झटिलो कानूनले गर्दा पनि समस्या भइरहेको छ ।’

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि