१४ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

दुर्गा प्रसाईँ घरबाटै पक्राउ

४ मंसिर, काठमाडौं। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।

‘भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं । त्यसपछि थप अनुसन्धान गर्छौं,’ उनले भने, ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं ।’

प्रसाईँले सोमबार मात्रै पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक टेलिकम कम्पनीमा झन्डै ३२ अर्ब लगानी रहेको दाबी गर्दै केही दस्ताबेज सार्वजनिक गरेका थिए ।

ती दस्ताबेज तथ्य जाँच भने भइसकेको छैन । एमालेले र ओली निकटहरूले ती दस्ताबेज फर्जी खडा गरिएको दाबी गर्दै प्रतिवादमा छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि