१३ माघ २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्रिपरिषद बैठक बस्दै, यस्तो छ एजेण्डा

३ मंसिर, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा पूर्वसभामुख दमनानाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रस्तावबारे छलफल हुने बताइएको छ ।

ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र कानुन मन्त्रीसमेतलाई सुझाव दिएका थिए ।

ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ । त्यसअघि सानो गौरचणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।

वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि