६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी

२९ कात्तिक, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचार गर्ने व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एकद्धार संकट व्यवस्थापन केन्द्र(इऋःऋ)को प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले, पापी भएको कारण फिस्टुला रोग लाग्छ भन्ने अमानविय परम्परागत मान्यता रहेको गुनासो गरे ।

फिस्टुला रोग जस्ता धेरै समस्यालाई अहिलेसम्म कानुनले पनि नदेखेको भन्दै यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी रहेको उनको भनाई छ ।

उनले भने,‘फिस्टुलाको समस्या भएको महिलाहरु हुनुहुन्छ । उहाँहरुको पिसाब कन्ट्रोल हुँदैन् । जन्मने बेला बच्चा लामो समय अड्किएपछि त्यो समस्या हुन्छ । तर परम्परागत मान्यता पापी भएको कारण यस्तो हुन्छ भन्ने रहेछ । घरभन्दा धेरै पर कटेरो बनाएर राखिदो रहेछ । यो भन्दा अमानवियता अरु केही हुन सक्छ ? त्यसैले सातवटा प्रदेशमा नै उपचार निशुल्क हुने व्यवस्थाको लागि पहल गर्दैछौं । यस्ता धेरै समस्या छन् ,जसले कानुनले देखेको पनि छैन् । यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी छ ।’

उनले महिला अधिकारको सन्दर्भमा भारत र अमेरिका लगायतका देशमा भन्दा नेपालको प्रतिनिधिसभामा समावेशीता रहेको बताए । सबै किसिमबाट समावेशीतालाई सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको भएतापनि समावेशीता अनुभूतिमा बद्लिन नसकेको उनको गुनासो छ ।

उनले भने,‘महिला अधिकारको सन्दर्भमा नेपाल यस्तो देश हो जहाँ प्रतिनिधिसभा समावेशी छ । यस्तै समावेशी प्रतिनिधिसभा भारतमा पनि छैन् । अमेरिकामा पनि छैन् ।  सबै किसिमबाट समावेशीतालाई सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको छ । तर यसको बावजुत पनि समावेशीता अनुभूतिमा किन बद्लिन सकेको छैन् । लैङ्गीक हिंसा अन्त्य हुन किन सकेको छैन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि