१३ माघ २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

२९ कात्तिक, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ७५, आलु सेतोको तीन रुपैयाँले घटेर ६०, लोकल बन्दाको ७०, काउली स्थानीयको १० रुपैयाँले बढेर १०० रुपैयाँ पुगेको छ ।

यसैगरी भन्टा डल्लोको मूल्य पनि १० रुपैयाँले बढेर ६० रुपैयाँ र भन्टा लाम्चो १० रुपैयाँले बढेर ४० रुपैयाँ कायम भएको छ ।

रायो सागको मूल्य भने १० रुपैयाँले घटेर ५० रुपैयाँ कायक भएको छ ।  तोरिको साग ६० ,पालूगो साग ५० र चमसुरको साग १०० रुपैयाँ रहेको छ ।

त्यस्तै,लोकल गाजर १४० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी हिजो भन्दा २० रुपैयाँले बढेर ७० रुपैयाँ, मटरकोशा ३० रुपैयाँले बढेर १४० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ६०, घिरौला ७० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ ।

त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० केरा १५०,स्याउ फूजी २८० रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि