१३ माघ २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

मतियार र बिचौलियासँग कहिल्यै सम्झौता गर्दिन : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेल मतियार र विचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने उद्घोष गरेका छन् ।

मंगबार नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले इमान्दार भएर काम गर्न खोज्नेहरुलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको बताए ।

उनले भने, ‘पहिला राजनीति गर्ने व्यक्तिहरु बलियो हुनुहुन्थ्यो । अहिले स्वार्थ समूहका  शक्तिाशाली भएको देखिरहेको छु । मैले तीन चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिहँदा केही स्वार्थ समूहका मतियारले मलाई मान मर्दन गर्ने,मेरो मनोवल, आत्मबलाई गिराउने गरी काम गरिरहेका छन् ।’

आफू स्वार्थ समूहका मतियार र विचौलियाहरुसँग कहिल्यै पनि सम्झौता नगर्ने उनको भनाइ छ ।

उनले देश र राष्ट्रको हितका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने प्रष्ट पारे ।

उनले आफू संस्कृति पढेको, धर्मप्रति आस्था र विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दे आफूले राजनीतिलाई सेवाभावको रुपमा बुझेको प्रष्ट पारेका छन् ।

राजनीतिक भित्र विकृति विसंगतीका मतियारहरुले तथ्य, प्रमाण र हल्लाका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्दे अपवाह फैलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि