१३ माघ २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

‘समय परिवर्तन भए पनि शंखधर साख्वा प्रतिको हाम्रो भावना परिवर्तन हुदैँन् ’

२६ कात्तिक, काठमाडौं । उपप्रधान एवं शहरी मन्त्री प्रकाशमान सिंहले शंखधर साख्वाले सबैलाई समाजमा सहयोग गर्नुपर्छ भन्ने भावना सिकाएको बताएका छन् ।

सोमबार राष्ट्रिय विभूति शंखधर साख्वा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले शंखधर साख्वाले सबै जनतालाई ऋण मुक्त गरेर नेपाल संवत्को सुरुवात गरेको सम्झना गर्दै उनीबाट हामी सबैलाई सहयोगी भावना सिक्नु पर्ने बताए ।

उनले भने, ‘शंखधर साख्वाले सबैलाई ऋण मुक्त गरेर नेपाल संवत्को सुरुवात गर्नु भएको थियो । यो समय परिवर्तन हुदैँ गए पनि शंखधर साख्वा प्रतिको हाम्रो भावना कहि परिवर्तन हुदैँन् । समाज, दाजुभाई दिदिबहिनी, समुदायमा कसैलाई दुख पर्यो भने सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना उहाँले सिकाउनु भएको छ । त्यो भावना हामीसँग अहिलेको वर्तमान अवस्थामा पनि अझै बढ्दै गएको छ ।’

यस्तै, उनले शंखधर साख्वालाई मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय विभूति घोषणा गरेको भन्दै त्यो मन्त्रिपरिषद्को बैठकमा आफू पनि सामेल हुन पाउदा खुसि लागेको बताए ।
संस्कृती, परम्परा र भाषाको संरक्षण गर्नको लागि जति सक्दो प्रयास गर्ने पनि उनको भनाई छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि