२० माघ २०८२, मंगलवार
मुख्‍य समाचार सूचना प्रविधि

एमडीएमएस प्रणालीमा स्मार्टफोन दर्ता गर्न पाउने समय साउन मसान्तसम्म लम्ब्याइयो

२३ साउन, काठमाडौं । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली (एमडीएमएस)मा मोबाइल फोन दर्ता गर्न पाउने समय साउन मसान्तसम्म लम्बाएको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन २०८० ले दिएको असार मसान्तसम्मको समयलाई एक महिना लम्बाएर साउन मसान्तसम्म पुर्‍याउने निर्णय भएको छ ।

नेपाल दूर सञ्चार प्राधिकरणले यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको छ । यो प्रणालीमा विभिन्न कारणले दर्ता हुन नसकेका सेलुलर मोबाइललाई यो अवधिसम्म दर्ता गराउन सकिने गरी समय तोकिएको मन्त्रालयको सूचनामा उल्लेख छ ।

विदेशबाट नेपालमा भन्सार नतिरी उपहारमा आएका वा व्यक्ति स्वयंले ल्याएका मोबाइललाई प्रणालीमा आवद्ध गर्न सरकारले यो सिस्टम कार्यान्वयनमा ल्याएको हो । यो प्रणालीमा दर्ता नगरेसम्म मोवाइल फोन चल्दैनन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक