२० माघ २०८२, मंगलवार
राजनीति

सभामुखले बोलाए प्रमुख सचेतक र सचेतकहरुको बैठक

२३ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएका छन् ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको छलफलपछि सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएका हुन् । नेताहरुका अनुसार केहीबेरमा बस्ने उक्त बैठकमा सदन सञ्चालनकै विषयमा छलफल हुनेछ ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाका अनुसार संसदमा आकस्मिक समय चल्न दिन एमाले तयार भएको छ ।

सांसदहरुले आफ्ना विषयसमेत राख्न नपाएको गूनासो गरिरहेको अवस्थामा निरन्तर संसदमा अवरोध गर्दा जनतामा नकारात्मक सन्देश गएको उल्लेख गर्दै उनी सांसदहरुलाई आफ्ना कुरा राख्न दिने निर्णयमा पुगेको बताउँछन् । तर, संसदलाई कार्यसूचीमा प्रवेश गर्न नदिनेमा आफूहरु अडिग रहेको उनले बताए ।

नेकपा एमालेले गैर कानुनी रुपमा भित्रिएको सुन प्रकरणका सम्बन्धमा उच्चस्तरीय छानकिन समितिको माग गरिरहेको छ । यही माग राखे एमालेले साउन १० गते यता संसद बैठक चल्न दिएको छैन ।

एमाले सचेतक बर्तौलाका अनुसार मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय चल्छ । गृहमन्त्रीले चाहे जवाफ दिन सक्नेछन् । त्यसपछि अगाडि बढ्न खोजे अवरोध गर्ने एमालेको तयारी छ ।

प्रतिनिधिसभाको बैठक मंगलबार ३ बजेका लागि बोलाइएको छ । एमालेको निरन्तर अवरोधका कारण पछिल्लो समय प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित हुँदै आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।