१३ माघ २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

२३ कात्तिक, काठमाडौं । यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ शुक्रबारबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि तराईका जिल्लाका विभिन्न नदी, तलाउ र पोखरीसँगै काठमाडौं उपत्यका लगायतका क्षेत्रका नदी नदी तलाउ र पोखरीमा रातभर जाग्राम बसी शक्रबार बिहान अर्घ्य दिएसँगै छठ सकिएको हो ।

छठको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ्य दिएका भक्तजनले बिहीबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गरेपछि छठ समापन भएको हो ।

बुधबार सरकारले देशभर सार्वजनिक बिदा दिएको थियो । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।

अब छठीमातालाई लगाइएको प्रसाद आफन्तजनकहाँ लैजाने परम्परा रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि