२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रपतिलाई कोप २९ मा उठाउनुपर्ने विषयमा संसदीय समितिको सुझाव 

२१ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिले यही कात्तिक २६ गतेबाट अजरबैजानमा आयोजना हुने कोप २९ मा नेपालका तर्फबाट उठाउनुपर्ने विषयका सन्दर्भमा सुझाव दिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार राष्ट्रपति पौडेललाई सो सुझाव दिने क्रममा समितिका सभापति एवम् सदस्यहरुले जलवायु परिवर्तनका असरका कारण नेपालले भोग्नुपरेको जोखिम न्यूनिकरणका सम्बन्धमा उनले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गरेका विचार सराहनीय रहेको बताएका थिए ।

सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, राज्यमन्त्री रुपा विक, प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापामगर, पूर्वाधार विकास समितिका सभापति दिपक सिंह र दुवै समितिका सदस्यहरुको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि