१३ पुष २०८२, आईतवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

पूर्वी स्पेनमा भिषण बाढी, ९५ जनाको मृत्यु

१५ कात्तिक,  काठमाडौं । स्पेनको पूर्वी र दक्षिणी भागमा भीषण वर्षाका कारण आएको बाढीबाट ९५ जनाको मृत्यु भएको छ । धेरै सवारीसाधन बगेका छन् भने मालवाहक रेल पटरीबाट खसेर रेलमार्ग र राजमार्गमा यातायात अवरुद्ध भएको छ । गाउँका गल्लीहरु खोलामा परिणत भएका छन् । देशमा हावाहुरीको प्रभाव बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी भ्यालेन्सियामा रहेको आपतकालीन सेवाले बुधबार ५१ जनाको मृत्यु भएको पुष्टि गरेको छ । कास्टिला ला मान्का क्षेत्रको केन्द्रीय कार्यालयले कुएन्कामा ८८ वर्षीया महिलाको मृत्यु भएको पुष्टि गरेको छ ।

लवे अधिकारीहरूले मलागा नजिकै ३०० जना बोकेको रेल पटरीबाट खसेको बताए । यद्यपी मानवीय क्षति भने भएको छैन । भ्यालेन्सिया सहर र म्याड्रिड बीचको उच्च गतिको रेल सेवा अवरुद्ध भएको छ ।

अचानक आएको बाढीले दक्षिणमा मलागा प्रान्तदेखि पूर्वमा भ्यालेन्सियासम्म ठूलो क्षति पुर्याएको छ ।  घरहरुमा कयौं फिट पानी भरिएको देखिएको छ । प्रहरी र उद्धार सेवाहरूले घर र कारबाट मानिसहरूलाई उद्धार गर्न हेलिकप्टर प्रयोग गरेका थिए ।

स्पेनको आपतकालीन कार्यदलका १,००० भन्दा बढी सदस्यहरू बाढी प्रभावित क्षेत्रमा खटाइएको छ । स्पेनको केन्द्रीय सरकारले उद्धार कार्यमा सघाउन आपतकालीन समिति गठन गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि