१२ माघ २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले भ्रष्टाचारको फाइल टुंगोमा पुर्याउन सक्दैन : पाण्डे

१२ कात्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सरकारले भ्रष्टाचारको फाइललाई सक्रियताकासाथ टुङ्गोमा पु¥याउँछ भन्ने विषयमा जनतामा आशंका रहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने काम गर्न नसकेको भन्दै भ्रष्टाचारको फाइललाई सक्रियताकासाथ टुङ्गोमा पु¥याउँछ भन्ने विषयमा जनतामा आशंका पैदा भएको बताए ।

उनले भने,‘अहिले जनताको तहमा जति भ्रष्टाचार निवारणका कुरा होस् या अरु विषयमा सरकारी निकायले जनताले अनुभूति गर्ने गरेर काम गरेका हामीलाई लागेको छैन् । अहिले देशमा भएका भ्रष्टाचारका फाइल धेरै छन् । विगतको सरकारले जसरी यसलाई अघि बढाउन खोजेको थियो, त्यसलाई सक्रियताकासाथ टुङ्गोमा पु¥याउने काममा अख्तियारले अघि बढाउँछ भन्ने विषयमा थुप्रै आशंकाहरु पैदा भएका छन् ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि