६ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार

पशुपतिमा शिवभक्तहरुको घुइँचो, खाली खुट्टामा बोलबम यात्री

२२ साउन, काठमाडौं । आज साउन महिनाको चौथो सोमबार पनि पशुपति क्षेत्रमा शिवभक्तहरुको घुइँचो छ । पहेंलो बस्त्रधारी बोलबम तीर्थालुहरुको पशुपति लगायतका शिव मन्दिरहरुमा चहलपहल छ ।

वर्षेझरीको पर्वाह नगरी शिवभक्तहरु पशुपति मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्न पुगेका छन् । साउन महिनाका हरेक सोमबार शिवको पूजाआजा गरे सुख, शान्ति र अटल सौभाग्य मिल्ने धार्मिक विश्वास गरिन्छ । त्यसैले साउनको सोमबार शिवको प्रियबार भएको भन्दै यसै दिन शिवभक्तहरु शिव मन्दिरहरुमा पुग्छन् ।

आजको दिन शिवलाई शुद्ध जल चढाउने चलन छ । बोल बम तीर्थालुहरु सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा अर्पण गर्छन् । उनीहरु खाली खुट्टा सुन्दरीजलदेखि पशुपतिसम्म पैदल यात्रा गर्छन् ।

यो वर्ष साउनमा पाँच वटा सोमबार परेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको