१२ माघ २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

नीतिगत सुधार आजको भोली नै हुने अवस्था छैन् : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले आफ्नो मन्त्रालय नीतिगत सुधार गर्ने मन्त्रालय भएको हुनाले आजको भोली नै सुधार हुने अवस्था नभएको बताएका छन् ।

शुक्रबार मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमहरुको सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विकास मन्त्रालयहरु जस्तो यति विकास भयो भनेर नीतिगत कुरामा भन्न नसक्ने भन्दै नीतिगत कुरामा समय लाग्ने बताए ।

उनले भने, ‘समस्या समाधानको बाटोमा हामी अगाडि बढेका छौ । म स्टन्ड गर्न जान्दिन्, मैले बारम्बार के भनेको छु भने हाम्रो मन्त्रालय भनेको निर्माण विकास गर्ने, विकास मन्त्रालय होईन भएको भए यति वटा पुल बनाए भन्न हुन्थ्यो त्यो होईन्, यहाँ नीतिगत कुरा हुन्छ । नीतिमा परिमार्जन गर्दै जाने, नीतिबाट आएका असरहरु समाधान गर्न पनि समय लाग्छ आजको भोली नै हुने अवस्था छैन् ।’

यसको साथै, उनले महिला कामदारको हकमा वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि कम्तिमा १ वा २ महिना तालिमको व्यवस्था हुनुपर्ने भन्दै त्यसको लागि पनि व्यवस्था गर्न खोजिरहेको बताए ।

उनले भने, ‘महिला कामदारको हकमा बाहिर रोजगारीको लागि जानु भन्दा पहिला कम्तिमा १ वा २ महिना उता गएर जे काम गर्ने हो त्यही खालको तालिमको व्यवस्था हुनुपर्छ । त्यसको लागि पनि हामीले व्यवस्था गर्न खोजिरहेका छौ ।’

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि