१२ माघ २०८२, सोमबार
मुख्‍य समाचार समाज

ललितपुर महानगरले सरसफाई अभियान चलाउने

५ काात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले आउँदो शनिबार अविरल वर्षाका कारणले भएको फोहोर र क्षतिको सरसफाई गर्ने भएको छ ।

सोमबार ललितपुरमा आयोजित कार्यक्रममा ललितपुर महानगररपालिकाका प्रमुख चिरिबाबु महर्जनले अविरल वर्षाका कारणले शहरको सौन्दर्य र वातावरणमा असर परेको हुँदा सरोकारवाला निकाय र संघ संस्थाहरु समेतको सहकार्यमा सरसफाई गर्न लागेको जानकारी दिएका छन् ।

उनले भने, ‘असोज ११ र १२ को बाढीले जति पनि सामान बगाएर ल्यायो छ त्यो छरिएर बसेको छ । जसले गर्दा लाज लाग्ने भएको छ । यति समय भइसक्दा पनि त्यो ठाँउमा कसैले सफाइ अभियान चलाएको छैन् । सबैलाई सफाई अभियानमा भाग लिएर ललितपुर महानगरपालिकालाई हिजोकै अवस्थामा लान अनुरोध गर्दछु ।’

यसको साथै, उनले विपद्बाट सिकेर अब पर्नसक्ने जोखिमको तयार हुनुपर्ने भन्दै सबैजना एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व