२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार

पहिलो पटक नेप्सेको आँगनमा साँढेको प्रतिमा, निर्माण अन्तिम चरणमा

५ कात्तिक,  काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्राङ्गणमा साँढेको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको छ ।

दुई बर्षअघि नै नेप्सेले वोलपत्र आब्हान गरी साँढेको प्रतिमा निर्माण गर्न गोप्य शिलबन्दी बोलपत्र प्रक्रिया अघि बढाएको थियो । नेप्सेले तयार पारेको स्केच अनुसारको साँढे प्रतिमा निर्माण भइरहेको हो ।

विश्वभर स्टक मार्केट अगाडी साँढे अर्थात् चार्जिंग बुलको प्रतिमा राख्ने प्रचलन अनुसार नेपालमा पनि यसलाई प्रयोगमा ल्याउन लागिएको नेपाल स्टक एक्सचेन्ज जनाएको छ ।

नेपालमा पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना भइरहेको हो । केही काम बाँकी रहेकाले उदघाटनको समय तालिका निर्धारण गरिएको छैन ।

ललितपुरको पाटनका कालीगढले निर्माण गरिरहेको प्रतिमाको उचाई ६ फिट र लम्बाई ८ फिट र तौल ६ टन रहने जनाइएको छ ।

प्रतिमा निर्माण सकिदा एक करोड ६८ लाख रुपैयाँ बढी रकम खर्च हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जनाएका छन् ।

उनका अनुसार असोज महिनाभित्रै काम सकिने अनुमान गरिएपनि केही प्राविधिक कठिनाइका कारण प्रतिमा निर्माणमा बढी समय लागेको हो ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको