६ पुष २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै

५ कात्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ ।

माल्दिभ्सविरुद्धको खेलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा टोलीमा हुनेछिन् । व्यवसायिक लिगका लागि फ्रान्समा रहेकी साम्बा साफका लागि आइतबार राति नेपाल आइपुगेकी हुन् ।

समूह ‘बी’ मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ ।

समूहमा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । नेपालका लागि सेमिफाइनल पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ । यही समूह अन्तर्गत सोमबार दिउँसो साढे १ बजे भुटान र श्रीलंका पनि खेल्दैछन् ।

सोमबारको पहिलो खेलमा समूह ‘बी’ का श्रीलंका र भुटान भिड्नेछन्। सो खेल दिउँसो साढे १ बजेदेखि सुरु हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected